राजनीति

चितवन । भरतपुर महानगरपालिकाको प्रमुख पदमा नेकपा (माओवादी केन्द्र)की उमेदवार रेनु दाहालले फेरि अग्रता लिएकी छन् । उनले नेकपा (एमाले)का उमेदवार विजय सुवेदीलाई तीन मतले पछि पारेकी हुन् ।
१० हजार २०६ मत गन्दा दाहालले तीन हजार ५७८ मत पाएकी छन् । सुवेदीले तीन हजार ५७५ मत ल्यएका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले एक हजार ३६० मत पाएका छन् ।
प्रकाशित मिति: सोमबार, जेठ २, २०७९ ०८:३२
प्रतिक्रिया दिनुहोस्