site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
गोकर्णेश्वर–४ मा महत विजयी
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । गोकर्णेश्वर नगरपालिका–४ को वडाध्यक्ष पदमा लौरो चुनाव चिह्नका जयराम महत विजयी भएका छन् । उनी एक हजार २७ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का श्रीकुमार श्रेष्ठले ९९९ मत प्राप्त गरे । उनी विसं २०७४ मा निर्वाचित वडाध्यक्ष हुन् । नवनिर्वाचित महत भने यसअघिको स्थानीय तह निर्वाचनमा कांग्रेसका तर्फबाट वडासदस्यमा निर्वाचित भएका थिए । 

कांग्रेसका ज्ञानकुमार श्रेष्ठले भने ७९४ मत प्राप्त गरेका छन् । वडासदस्यमा तीन पदमा कांग्रेसका उमेदवार विजयी भएका छन् । महिला सदस्यमा भने एमाले विजयी भएको छ । कांग्रेसबाट खुला सदस्यमा राजेश श्रेष्ठ, कृष्ण श्रेष्ठ र दलित महिला सदस्यमा सुनिता परियार निर्वाचित भएका छन् । 

महिला वडासदस्यमा भने एमालेका गोमा श्रेष्ठ विजयी भएकी छन् । अहिलेसम्मको परिणाममा यसअघि कांग्रेसले जितेका वडामा अहिले एमाले र यसअघि एमालेले जितेका वडामा अहिले कांग्रेस विजयी भएको छ । रासस

प्रकाशित मिति: सोमबार, जेठ २, २०७९  ०८:२५
प्रतिक्रिया दिनुहोस्