site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
नेपाल अमेरिका पत्रकार संघ (नेजा)को आयोजनामा टेक्ससमा रक्तदान सम्पन्न 

ड्यालस (अमेरिका) ।  नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले ब्लड डोनर्स अमेरिका (बिडिए) सँगको सहकार्यमा विश्व प्रेस स्वतन्त्रता दीवसको सन्दर्भ पारेर आइतबार टेक्ससको ड्यालसमा आयोजना गरेको रक्तदान कार्यक्रममा ४८ जनाले रक्तदान गरेका छन् । 

कार्टर ब्लड केयरको समन्वयमा आइतबार बिहान १० बजेदेखि सुरु भएको रक्तदानमा नेजा, ब्लड डोनर्स अमेरिका लगायत स्थानीय समुदायका अगुवा ४८ जनाले रक्तदान गरेका हुन् । रक्तदान गर्नका लागि ५४ जनाले इच्छा जाहेर गरेपनि स्वास्थ लगायत विविध कारणले ६ जना अस्विकृत भएका छन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नेजासँगको सहकार्यमा रक्तदान जस्तो मानवीय सेवाको काम गर्न पाउँदा निकै खुशी लागेको बिडिए टेक्सस च्याप्टरका अध्यक्ष अजय बगालेले बताए । कार्यक्रममा नेजा र बिडिएका पदाधिकारीहरुले सकृय रुपमा स्वयमेवीको रुपमा काम गरेका थिए । 

त्यस अवसरमा नेजाका अध्यक्ष विकासराज न्यौपाने, युलेस सिटी काउन्सिलका सदस्य टीका पौडेल, एनआरएन अमेरिका उपाध्यक्ष सुमन थापा, बिडिए टेक्ससका पूर्ब अध्यक्ष शिव काफ्ले, गंगा थापा, बाह्रखरीका प्रबन्ध निर्देशक ज्ञानेश्वर आचार्य लगायतको सकृयता थियो । 

एक पिन्ट रगतले तीनजनाको ज्यान बचाउन सकिन्छ । नेजाले बिडिएसँगको सहकार्यमा आगामी दिनमा पनि रक्तदान जस्तो मानवीय सेवाको क्षेत्रमा कार्यलाई निरन्तरताले दिने जनाएको छ ।

प्रकाशित मिति: सोमबार, जेठ २, २०७९  ०८:१२
प्रतिक्रिया दिनुहोस्