site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
नेपाली महिला टिमले युगान्डाविरुद्ध खेल्दै

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले घरेलु मैदानमा पहिलोपटक अन्तर्राष्ट्रिय शृंखला खेल्दै छ । शृंखलाको पहिलो खेलअन्तर्गत नेपालले आज युगान्डाविरुद्ध पहिलो ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको हो ।

अन्तर्राष्ट्रिय क्रिकेटमा पाइला चालेको डेढ दशकपछि महिला टोलीले पहिलोपटक घरेलु मैदानमा अन्तर्राष्ट्रिय क्रिकेट खेल्दै छ । सन् २००७ मा मलेसियामा सम्पनन एसीसी महिला च्याम्पियनसिपबाट नेपाली महिला टोलीले अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको थियो । यसअघि, गत मंसिरमा नेपालले कतारविरुद्ध तीन खेलको शृंखला खेलेको थियो । कतार भ्रमण नेपालले शृखला ‘क्लिन स्विप’ गरेको थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

महिला टोलीले घरेलु भूमिमा दोस्रो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न लागेको हो । यसअघि, २०१९ मा सम्पन्न १३औँ दक्षिण एसियली खेलकुद (साग)मा महिला टोलीलाई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने मौका जुरेको थियो । पोखरामा सम्पन्न महिला क्रिकेटमा नेपालले कास्यपदकमा चित्त बुझाउनुपरेको थियो ।

युगान्डाविरुद्धको खेल दिउँसो १ बजेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

नेपालकी टोलीकी उपकप्तान फेयर ब्रेक इन्भिटेसनल क्रिकेट खेल्नका लागि दुबईमा भएकाले क्यानले इन्दु वर्मालाई उपकप्तानको जिम्मेवारी दिएको छ ।

नेपाली टोली
रुविना क्षेत्री (कप्तान), सीता रानामगर, इन्दु वर्मा, ज्योति पाण्डे, काजोल श्रेष्ठ, कविता सुनवार, अप्सरी बेगम, कविता जोशी, कविता कुँवर, अश्मिना कर्माचार्य, डोली भट्ट, संगीता राई, सबनम राई, रोमा थापा, सरिता मगर, हिरनमायी रोय र विन्दु रावल ।

प्रकाशित मिति: सोमबार, जेठ २, २०७९  ०८:१२
प्रतिक्रिया दिनुहोस्