
काठमडौं । खोटाङको ऐँसेलुखर्क गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) र उपाध्यक्षमा नेपाली कांग्रेसका उमेदवार विजयी भएका छन् ।
अध्यक्षमा सत्ता गठबन्धनलाई हराउँदै एमाले विजयी भएको हो । एमालेबाट विजयी गीरेन्द्रबहादुर राईले दुई हजार ६०६ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का उमेदवार श्रीबहादुर राईले दुई हजार ४८० मत पाएका छन् ।
उपाध्यक्षमा भने गठबन्धनबाट कांग्रेस उमेदवार विजयी भएका छन् । कांग्रेसका राजेशकुमार राजभण्डारी तीन हजार १४६ मतसहित निर्वाचित भए । उनका निकटतम प्रतिस्पर्धी एमाले उमेदवार पुष्पकला भुजेलले दुई हजार ५९५ मत प्राप्त गरिन् ।
वडातर्फ माओवादीले १ र ४ जित्दा एमालेले २, ३ र ७ तथा कांग्रेसले ५ र ६ नम्बर वडा जितेको छ ।