site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
माछापुच्छ्रेमा कांग्रेसका गुरुङ विजयी

पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेपाली कांग्रेसका उमेदवार विजयी भएका छन् ।

स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत जारी मतगणनाको आज बिहान घोषणा गरिएको अन्तिम मत परिणामअनुसार कांग्रेसका मीनबहादुर गुरुङ सात हजार ९९ मतसहित अध्यक्षमा निर्वाचित भए । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उमेदवार विक्रम गुरुङले छ हजार ६१७ मत ल्याए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यसैगरी उपाध्यक्षमा कांग्रेसका सीता अधिकारीले ६ हजार ३७६ मत प्राप्त गरी विजयी हुँदा एमालेका सीता तिवारीले ५ हजार ९५१ मत प्राप्त गरेकी छन् । 

नौ वडा रहेको गाउँपालिकामा  कांग्रेसले वडा नं १, २, ३, ४, ५, ८ र ९ मा जित हासिल गरेको छ । यसैगरी नेकपा (माओवादी केन्द्र) वडा नं ७ र एमालेले वडा नं ६ मा विजयी भएको छ । रासस

प्रकाशित मिति: सोमबार, जेठ २, २०७९  ०७:४३
प्रतिक्रिया दिनुहोस्