site stats
बाह्रखरी :: Baahrakhari
देश
प्रदेश–१ मा बिहानैबाट वर्षा, दिउँसो वाग्मतीसहित पाँचवटा प्रदेशमा पानी पर्ने 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । देशका विभिन्न भागमा आज बिहानैबाट वर्षा भइरहेको छ । प्रदेश–१ का केही  स्थानमा हल्का वर्षाको भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

आज दिउँसो प्रदेश– १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र अन्य प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ । प्रदेश–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चटयाङ्सहित हल्का वर्षाको सम्भावना रहेको छ । विभागका अनुसार लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चटयाङ्सहित हल्का वर्षाको सम्भावना छ । 

आज राति प्रदेश–१ र गण्डकी प्रदेशका केही स्थानका साथै वाग्मती प्रदेश र लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चटयाङ्सहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । 
 

प्रकाशित मिति: सोमबार, जेठ २, २०७९  ०६:२१
प्रतिक्रिया दिनुहोस्