site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राजतन्त्रलाई छोडेपछि कमल थापालाई साथ दिनुपर्छ : शंकर पोखरेल

काठमाडौं । एमाले महासचिव शंकर पोखरलले सूर्य चिह्न अरू दलले स्वीकार्नु सकारात्मक भएको बताएका छन् ।

कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले आगामी स्थानीय चुनावमा सूर्य चिह्नबाट चुनाव लड्ने प्रसंगबारे बिहीबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत महासचिव पोखरेलले यस्तो बताएका हुन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले विखण्डनलाई छोड्दा सीके राउतलाई, हिंसालाई छोड्दा नेत्रविक्रम चन्द 'विप्लव'लाई र राजतन्त्रलाई छोड्दा कमल थापालाई साथ दिनुपर्ने बताएका छन् ।

"विखण्डनलाई छोड्दा सिके राउतलाई, हिंसालाई छोड्दा विप्लवलाई र राजतन्त्रलाई छोड्दा कमल थापालाई साथ दिनु आवश्यक छ । सूर्य चिह्न अरू दलले स्वीकार्नु राम्रो कुरा हो," उनले भनेका छन् ।

प्रकाशित मिति: बिहीबार, वैशाख १, २०७९  २१:४४
प्रतिक्रिया दिनुहोस्