site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पाकिस्तानका प्रधानमन्त्री खानविरुद्ध अविश्वास प्रस्ताव पारित
Tiktok banner adTiktok banner ad

काठमाडौ‌ । समाचार एजेन्सीहरूले जनाएअनुसार पाकिस्तानकाे संसद्ले प्रधानमन्त्री इमरान खानविरुद्ध राखिएकाे अवश्वासकाे शनिबार प्रस्ताव पारित गरेकाे छ । 

खानले आफूविरुद्ध अविश्वासकाे प्रस्ताव पारित हुनेदेखेपछि संसद् भङ्ग गरेर मध्यावधि निर्वाचन गराउन खाेजेका थिए । पाकिस्तानकाे सर्वोच्च अदालतले संसद् भङ्ग गर्ने निर्णय खारेज गरेपछि अविश्वासकाे प्रस्तावमा मतदान भएकाे थियाे ।

पाकिस्तानको नेश्नल एसेम्बलीमा ३४२ सदस्य छन् । अविश्वासको  प्रस्तावमा १७४ मत परेको थियो । 

इमरानले आफूलाई सत्ताबाट हटाउन अमेरिकाको नेतृत्वमा षड्यन्त्र रचिएको दाबी गरेका छन् । उनले नयाँ सरकारलाई स्वीकार नगर्न पनि स्पष्ट पारेका बीबीसीले जनाएको छ । 

पाकिस्तानको इतिहासमा प्रधानमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव सफल भएको यो पहिलो पटक हो ।

यसैबीच, सोमबार पाकिस्तान एसेम्बलीको महत्वपूर्ण सत्र हुँदै छ । जसमा नयाँ प्रधानमन्त्रीको चयन हुनेछ । नयाँ प्रधानमन्त्रीले आगामी निर्वाचन अर्थात् २०२३ अक्टोबरसम्म पदभार ग्रहण गर्नेछन् ।
 

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत २७, २०७८  ०६:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro