site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एमसीसी विशुद्ध आर्थिक परियोजना हो, कार्यान्वयन छिटो सुरु गरौँ : अर्थमन्त्री शर्मा
फाइल तस्बिर ।

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनाको कार्यान्वयन प्रक्रिया छिटो अघि बढाउनुपर्ने बताएका छन् ।

अर्थमन्त्री शर्माको नेतृत्वमा एमसीसीको डेपुटी भाइस प्रेसिडेन्ट जोनाथन ए ब्रुक्स, एमसीसीको नेपालस्थित निमित्त राष्ट्रिय निर्देशक सञ्जय पौडेल, नेपालस्थित अमेरिकी दूतावासका अधिकारी र अर्थ मन्त्रालयका प्रतिनिधिबीच भर्चुअल बैठकमा परियोजना छिटो अगाडि बढाउन आग्रह गरेका हुन् ।

परियोजनाको कार्यान्वयन अवधि एक वर्ष बाँकी रहेको देखिएकाले त्यति ढिला गर्न नहुने उनले बताए । “एकवर्षे कार्यान्वयन अवधि मेरा लागि धेरै लामो समय भयो । हामी छिटोभन्दा छिटो काम सुरु गर्न चाहन्छौँ । त्यसका लागि एमसीसीले पनि आवश्यक तयारी गरोस् भन्न चाहन्छु,” उनले भने ।

संसद्बाट अनुमोदन भएपछि एमसीसी र अर्थमन्त्री शर्माबीच पहिलोपटक बैठक भएको हो । त्यसक्रममा उनले एमसीसी अनुमोदन प्रक्रियामा केही समस्या देखिए पनि कार्यान्वयन चरणमा गएपछि कुनै पनि समस्या आउन नदिने प्रतिबद्धता पनि जनाए ।

“एमसीसी आर्थिक परियोजना हो र यो चाँडै अगाडि बढ्छ भन्ने कुरामा आम नेपालीलाई विश्वास भइसकेको छ । त्यसैले अब एक वर्षभित्र कार्यान्वयन गर्ने भनेर समय तोक्ने होइन, जतिसक्दो छिटो परियोजना कार्यान्वयन गर्न थाल्नुपर्छ,” उनले भने ।

एमसीसी विशुद्ध आर्थिक परियोजना भएको विषयमा सरकार स्पष्ट भए पनि विभिन्न कारणले राजनीतिकरण भएको समेत उनले बताए ।

एमसीसीको डेपुटी भाइस प्रेसिडेन्ट जोनाथन ए ब्रुक्सले नेपालको अर्थतन्त्रलाई सकारात्मक दिशामा अगाडि बढाउन परियोजनाले सघाउने बताए । “हामी पनि परियोजनाको काम छिटोभन्दा छिटो होस् भन्ने चाहन्छौँ । यसका लागि एउटा मिति तोकेर व्यावहारिक रूपमा कार्यान्वयन अगाडि बढोस् भन्ने चाहन्छौँ,” उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत २२, २०७८  १०:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro