site stats
बाह्रखरी :: Baahrakhari
देश
थपिए ३५ कोरोना संक्रमित, २६६ जना निको भए
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३५ जना कोभिड १९ संक्रमित थपिएका छन् । पाँच हजार २६८ वटा नमुनामा परीक्षण गर्दा ३५ जनामा संक्रमण पुष्टि भएको हो ।

आज २६६ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या २ हजार २१९ पुगेको छ ।

आज संक्रमणका कारण कसैको पनि मृत्यु नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 
 

प्रकाशित मिति: बिहीबार, चैत १०, २०७८  १७:२७
प्रतिक्रिया दिनुहोस्