site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
चलचित्र ‘सरी मम’को छायांकन सुरु 

काठमाडौं । चलचित्र ‘सरी मम’को छायांकन सुरु गरिएको छ । भद्रकाली मन्दिरमा शुभमुहूर्त गर्दै चलचित्रको छायांकन सुरु गरिएको हो । 

छायांकनमा अभिनेत्री सरीता लामिछाने र प्रभात पलले मुहूर्त सर्ट दिएका छन् । चलचित्रलाई नवीन बोगटीले निर्देशन गर्ने छन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

विनोद लामाको प्रस्तुतीमा निर्माण हुने चलचित्रमा सरिता र प्रभातसँगै सरोज खनाल, विजय लामा, एलिस राई, विहान श्रेष्ठ, रेजिना मगरलगायत कलाकारको अभिनय रहनेछ । 

सामाजिक कथावस्तुमा निर्माण गरिने चलचित्र आगामी वर्षको दसैं र तिहारको बीचमा रिलिज गरिने निर्माता विनोद लामाले जानकारी दिए । 

प्रकाशित मिति: बिहीबार, चैत १०, २०७८  १७:१३
प्रतिक्रिया दिनुहोस्