site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
दबाबमा नभई समाजको भावनालाई लिएर 'पिर'बाट दृश्य हटाइएको हो : प्रकाश सपुत
फाइल तस्बिर ।

काठमाडौं । सर्जक प्रकाश सपुतले कसैको दबाबमा पछिल्लो गीत पिरबाट दृश्य हटाएको नभई समाजको भावना बुझेर हटाएको बताएका छन् । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सपुतले पिर गीतमा रहेको देहव्यापारसम्बन्धी  दृश्य  कसैको दबाबमा नभई समाजको भावनालाई लिएर हटाएको बताएका हुन् ।

उनले उक्त दृश्यले समाजमा र त्यस्तै पेसामा आधारित मानिसहरूलाई झनै पिर परेको भन्दै गीतबाट केही दृश्य  हटाउनुपरेको बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सपुतले जनयुद्ध लडेर समाज विकास नभएकाले निराश बनेका योद्धाहरू उक्त दृश्यबाट झनै चिन्तित बनेको भन्दै गीतमा भएको केही दृश्य हटाएर पुनः सार्वजनिक गरेको बताए ।

"त्यहाँ छोडिएका प्रश्नहरू डिलिट गरेको भए, यदि त्यहाँनेर लोकेन्द्र सरको भूमिकालाई हटाएको भए सायद म कसैको विचारबाट डराएँ, शक्तिबाट डराएँ, कुनै निश्चित समूहबाट डराएर हटायो भन्ने हुन्थ्यो, यसलाई भावनात्मक हिसाबले सोचिदिनु हुन अनुरोध गर्दछु । मसँग त्यसका लागि थुप्रै तर्कहरू छन्, त्यस्ता पात्र सिर्जना गर्न पाउने कि नपाउने, भन्ने तर हामी यतिबेला नेपाली समाजमा छौँ, सम्बन्ध छ । कसैको दुःखसँग जोड्ने मन छ । मन र भावनाका हिसावले त्यो पात्रको चित्त दुख्यो भन्ने हिसावले त्यो पार्ट हटाएको हो," उनले भने ।

प्रकाशित मिति: बिहीबार, चैत १०, २०७८  १६:५८
प्रतिक्रिया दिनुहोस्