
मुमबई । बहुप्रतीक्षित चलचित्र ‘आरआरआर’ रिलिजका लागि तयार भएको छ । शुक्रबार विश्वव्यापी प्रदर्शन हुनेछ । रिलिजको २४ घण्टा पनि बाँकी नहुँदा थुप्रै रोचक कुरा बाहिरिइरहेको छ ।
पछिल्लो रिपोर्टअनुसार आरआरआर विश्वभर आठ हजार स्क्रिनमा प्रदर्शन हुनेछ । सुपरहिट ‘बाहुबली’का निर्देशक एसएस राजमौलीको निर्देशनमा चलचित्र तयार भएको हो ।
आरआरआर हिन्दी भाषामा मात्रै भारतमा कुल तीन हजार २०० स्क्रिनमा प्रदर्शन हुँदै छ ।
गत हप्ता मात्रै १०० भन्दा बढी हलमा आइम्याक्स स्क्रिनमा प्रदर्शन हुने पनि जानकारी दिइएको थियो ।
साउथ सुपरस्टार जुनियर एनटीआर र राम चरण, बलिउड सुपरस्टार अजय देवगन, आलिया भट्ट मुख्य भूमिकामा छन् । चलचित्र तीन घण्टा एक मिनेटको छ । बलिउड हंगामाबाट ।