site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
लोडसेडिङ हुन लागेको होइन, भारतमा मूल्य बढी हुँदा तत्कालको असर मात्रै : कुलमान 

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले औद्योगिक क्षेत्रमा पनि लोडसेडिङ नहुने जनाएको छ । भारतीय ऊर्जा बजारमा विद्युत्को मूल्य बढी हुँदा प्राधिकरणले विड गरेको मूल्यमा नपाउँदा केही दिन समस्या आए पनि यो छोटो अवधिका लागि मात्रै भएको कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

आज रातिदेखि नेपालले २० भारुमा खरिद गर्न विड गरेकाले आजदेखि नै समस्या हट्ने उनले बताए । तर, लामो समयसम्म २० भारु अर्थात् ३८ रूपैयाँमा खरिद गरेर सस्तो मूल्यमा उद्योगलाई बिजुली दिन नसक्ने उनले बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“आयातित विद्युत्को मूल्य बढे पनि उद्योगीको सहमतिबिना उनीहरूलाई पनि मूल्य बढ्दैन,” उनले भने, “तर, उहाँहरूको पनि सहयोग खोजेका हौँ ।”

लामो समयसम्म चर्काे मूल्य परे सरकारले सहयोग गर्ने अपेक्षा गरिएको उनले बताए । “यो पनि लामो समयसम्म यस्तो असर पर्दैन । डेढ÷दुई महिनापछि त हाम्रै उत्पादनले पुग्नेछ । यो तत्कालको समस्या मात्रै हो,” उनले भने ।

केही समयका लागि महँगोमै किने पनि उद्योगलाई बढी मूल्य नलगाउने उनले बताए । “मुलुकमा अब कसैलाई पनि लोडसेडिङ हुँदैन । तर, यो अचानक आएको संकट हो । त्यसको पनि समाधान प्रयास गरिरहेका छौँ,” उनले भने ।

प्राधिकरणले दुई दिनअगाडि विड गरेको मूल्यमा विद्युत् नपाएपछि २० भारुमा विड गरेको जनाएको छ । आज रातिदेखि कुनै समस्या नआउने प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, चैत १०, २०७८  १४:१६
प्रतिक्रिया दिनुहोस्