राजनीति

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आगामी १८ गते तीनदिने भारत भ्रमणमा जान लागेका छन् । चिनियाँ विदेशमन्त्री वाङ यी को भ्रमण सकिएलगत्तै प्रधानमन्त्री देउवा भारत भ्रमणमा जान लागेका हुन् । प्रधानमन्त्री देउवा राजकीय भ्रमणमा भारत जान लागेको उनको सचिवालय स्रोतले जानकारी दिएको छ ।
यसअघि ‘गुजरात समिट’मा जाने तयारी गरे पनि देउवाको भ्रमण कोरोना महामारीका कारण समिट नै रद्द भएपछि रोकिएको थियो । बालुवाटार स्रोतका अनुसार देउवाले तीनदिन भारतमा बिताउनेछन् ।
प्रकाशित मिति: बिहीबार, चैत १०, २०७८ १३:५५
प्रतिक्रिया दिनुहोस्