site stats
बाह्रखरी :: Baahrakhari
देश
स्थानीयले अवरुद्ध गरे जोरपाटी–साँखु सडक
जोरपाटी–सुन्दरीजल सडकखण्डको दृष्य । फाइल तस्बिर ।

काठमाडौं । सडक कालोपत्र गर्नुपर्ने माग राख्दै थलीका स्थानीयले जोरपाटी–साँखु सडकखण्ड अवरुद्ध गरेका छन् ।

पानी पर्दा हिलाम्य र घाम लाग्दा धुलोधुवाँको सास्ती खेप्दै आएका स्थानीयले आज बिहानदेखि सडक अवरुद्ध गरेका हुन् । अवरोधका कारण सवारी आवागन प्रभावित भएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

जोरपाटी–साँखु सडकखण्ड ६ वर्षदेखि पिच हुन सकेको छैन । गोकर्णेश्वर नगरपालिकाले लामो समयसम्म मुआब्जा दिन नसक्दा स्थानीयले सडक पिच गर्न अवरोध गर्दै आएका थिए । अहिले मुआब्जा विवाद टुंगिसक्दा पनि सडक पिच हुन सकेको छैन ।

गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुंगानाले अब छिट्टै सडक पिच गर्ने तयारी भइरहेको बताए । ‘‘पहिलेदेखि स्थानीयले अवरोध गर्दै आएका थिए । सबै अवरोध हटेको छ । निर्माण व्यवसायीलाई पिच गर्न लगाउँछौँ,” उनले भने ।

प्रकाशित मिति: बिहीबार, चैत १०, २०७८  ११:३०
प्रतिक्रिया दिनुहोस्