site stats
बाह्रखरी :: Baahrakhari
देश
बालबालिकामा पनि हुनसक्छ क्षयरोग 

काठमाडौं । युवा उमेरमा बढी देखिएको क्षयरोग बालबालिकामा पनि हुनसक्छ । बालबालिकामा फोक्सोका साथै एक्स्ट्रा पल्मोनरी अर्थात् फोक्सोबाहेक अरू भागमा पनि क्षयरोग हुनसक्छ ।

ग्रन्थी, आन्द्रा, मनेन्जस, हाड, प्रजनन, मूत्र प्रणाली, छाला, आँखालगायत अंगमा क्षयरोग हुनसक्छ । कमजोर प्रतिरक्षा प्रणाली भएका, एचआईभी पोजिटिभ, मधुमेह रोगी, क्यान्सर भई केमोथेरापी गराइरहेका बालबालिकामा यस्तो समस्या देखिन सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

त्यस्तै, क्षयरोग भएको व्यक्तिसँग बस्ने वा नियमित सम्पर्कमा आउने, घरबारविहीन र सडक बालबालिकामा पनि क्षयारोगको जोखिम हुन्छ । सरकारले देशभरका स्वास्थ्य संस्थाहरूबाट क्षयरोगविरुद्धको औषधि निःशुल्क उपलब्ध गराउँदै आएको छ ।

प्रकाशित मिति: बिहीबार, चैत १०, २०७८  ११:२२
प्रतिक्रिया दिनुहोस्