site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको राडारमा समस्या
फाइल तस्बिर

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चार उपकरणमा समस्या आएपछि बिमान उडान अवतरण केही समय प्रभावित भएको छ । बिहान ६ बजेदेखि उपकरणमा समस्या देखिएपछि उडानमा केही समय प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ । 

विमानस्थल कार्यालयका अनुसार राडारमा समस्या देखिएको थियो । “लाइनमा ट्रिप गएपछि समस्या देखिएको थियो । राडारमा समस्या देखिँदा केही समय उडानमा समस्या भएको थियो । तर, अवतरणमा समस्या भएन,” विमानस्थल कार्यालयलका प्रवक्ता टेकनाथ सिटौलाले भने, “पाँचपाँच मिनेटको अन्तरमा हामीले उडान गर्यौं । अहिले समस्याको समाधान भइसकेको छ ।” 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उपकरणमा समस्या देखिएपछि विमानस्थल कार्यालयले वैकल्पिक व्यवस्थाका लागि नोटाम जारी गरेको थियो । नोटाम जारी गरे पनि उडान र अवतरणमा खासै प्रभाव पर्न नदिएको उनले बताए । अहिले पनि नोटाम खारेज गरिएको छैन । केही समयपछि मात्रै नोटाम खारेज गरिने उनले जानकारी दिए । 

विमानस्थल कार्यालयका प्रमुख प्रेमनाथ ठाकुरले बिहानको समयमा मौसममा पनि केही समयस्या रहेको बताए । अहिले सामान्य अवस्थामा विमानस्थलमा उडान तथा अवतरण भइरहेको उनले जानकारी दिए । 
 

प्रकाशित मिति: बिहीबार, चैत १०, २०७८  ०८:४८
प्रतिक्रिया दिनुहोस्