
काठमाडौं । डा. कपिल रिजालको निर्देशनमा निर्माण भइरहेको चलचित्र ह्यारी कि प्यारीको छायांकन सकिएको छ । पर्वतबाट सुटिङ सुरु गरिएको चलचित्रको डेढ महिना लगाएर सुटिङ पूरा गरिएको निर्देशक डा. रिजालले जानकारी गराएका छन् ।
डा. रिजालका अनुसार काठमाडौं, पोखरा, पर्वत, चितवनलगायत स्थानमा चलचित्रको सुटिङ पूरा गरिएको छ । सिचुएसनल कमेडीमा निर्माण गरिएको चलचित्रमा जितु नेपाल र साम्राज्ञी राज्य लक्ष्मी शाह मुख्य भूमिकामा छन् । जितु ह्यारी र साम्राज्ञी उनको प्यारीका रुपमा चलचित्रमा देखिनेछन् ।
कपिलले लन्डनमा बसेर अंग्रेजी भाषाका सर्ट फिल्म, साइलेन्स र कर्मा बनाइसकेका छन् नेपाल र लन्डनमा गरी एक दर्जन म्युजिक भिडियो निर्देशन गरिसकेका उनको यो पहिलो फिचर फिल्म निर्देशन हो ।