site stats
बाह्रखरी :: Baahrakhari
देश
वाग्मतीसहित पाँचवटा प्रदेशमा चट्याङ्सहित वर्षाको सम्भावना 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । देशका विभिन्न भागमा आज वर्षा हुने भएको छ । आज दिउँसो प्रदेश १, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

देशका पहाडी र हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । अन्य भू–भागमा मौसम सफा रहनेछ । 

विभागका अनुसार आज राति देशको पहाडी र हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । अन्य भू–भागमा मौसम सफा रहनेछ । प्रदेश १, वाग्मती, गण्डकी, कर्णाली प्रदेशको पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको विभागको भनाइ छ । 
 

प्रकाशित मिति: बिहीबार, चैत १०, २०७८  ०६:०८
प्रतिक्रिया दिनुहोस्