site stats
बाह्रखरी :: Baahrakhari
देश
भोलिदेखि जनकपुर–पोखरा दैनिक उडान हुने

जनकपुरधाम । बिहीबार (भोलि)देखि जनकपुर–पोखरा नियमित हवाई उडान हुने भएको छ । यात्रुको चाप बढेपछि जनकपुर–पोखरा दैनिक उडान हुन लागेको हो ।

यसअघि साताको तीन दिन सोमबार, बिहीबार र शनिबार मात्रै चल्ने गरेको थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नागरिक उड्डयन कार्यालय जनकपुरधामका प्रमुख प्रमुख योगेन्द्रनाथ कुँवरले गत फागुन २१ गतेदेखि जनकपुरधाम–पोखरा साताकाके तीन दिन चल्ने गरी सुरु भएको हवाई सेवा अब दैनिक चल्ने जानकारी दिए ।

उनकाअनुसार नियमित एउटा फ्लाइटले सेवा दिने छ ।

पोखराबाट पहिलो उडानमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीसहितको टिम मधेस भ्रमणमा आएका थिए ।

प्रकाशित मिति: बुधबार, चैत ९, २०७८  १७:२७
प्रतिक्रिया दिनुहोस्