देश

काठमाडौं । यातायात व्यवस्था विभागले दोस्रोपटक सूचना जारी गरेर अनिश्चितकालका लागि बन्द भनिएको सेवा भोलिसम्मका लागि मात्रै बन्द हुने जनाएको छ ।
विद्युत् आपूर्ति प्रणाली यूपीएस परिवर्तन गर्नुपर्ने भएकाले बिहीबार बिहान ६ बजेसम्मका लागि मात्रै सेवा बन्द हुने विभागले जनाएको छ ।
यसअघि विभागले सर्भरमा विद्युतीय समस्या देखिएको भन्दै आज साँझ ५ बजेदेखि अनिश्चितकालका लागि सबै सेवा बन्द गरिएको सूचना निकालेको थियो ।
प्रकाशित मिति: बुधबार, चैत ९, २०७८ १७:१९
प्रतिक्रिया दिनुहोस्