site stats
बाह्रखरी :: Baahrakhari
देश
सम्पदा पुननिर्माण रोक्ने प्रवृत्तिका कारण समस्या : मेयर शाक्य
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सम्पदा पुननिर्माण रोक्ने प्रवृत्तिका कारण समस्या भएको बताएका छन् । आज काठमाडौं वडा नम्बर–२२ को भवन उद्घाटन गर्ने क्रममा मेयर शाक्यले यस्तो बताएका हुन् ।

‘‘हामी सबैसँग सहकार्य गरेर सम्पदा निर्माण–पुनर्निर्माण र विकास निर्माणका काम गर्न चाहन्छौँ,” उनले भने, ‘‘यो सम्पदा निर्माण–पुनर्निर्माण र विकास निर्माणको अभियान पेप्सी, फेन्टा, कोकोकोलाको व्यापारजस्तो होइन । त्यसैले राम्रा काममा अवरोध होइन, सहयोग गरौँ,” उनले भने ।

उनले थपे, ‘‘सम्पदा निर्माण–पुनर्निर्माण र विकास निर्माणका काममा कार्यपालिका र नगरसभाका सबै बैठकमा सर्वसम्मत निर्णय गरेर अघि बढेका छौँ ।”

प्रकाशित मिति: बुधबार, चैत ९, २०७८  १७:०७
प्रतिक्रिया दिनुहोस्