
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) काभ्रेपलाञ्चोक प्रदेश कमिटी सदस्य रामकृष्ण हुमागाईंसहित पूर्वगाविस अध्यक्ष साधुराम बडाल, उपाध्यक्ष विष्णुबहादुर बस्नेत, निर्वाचित वडा सदस्य तथा धुलिखेल एमाले नगरकार्यपालिका सदस्य उपेन्द्र हुमागाईंले पार्टी परित्याग गरेका छन् ।
उनीहरूसहित एमालेका स्थानीय नेताहरू माधवमणि हुमागाईं, जिल्ला सदस्य मुरारी हुमागाईं, एमाले नगरपालिका सदस्य पुरुषोतम बस्नेत, एमाले नगर सदस्य यादव गौतम पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेको कांग्रेस जिल्ला उपसभापति रमेश हुमागाईंले जानकारी दिए ।
यस्तै, नगर सदस्यहरू धनञ्जय हुमागाईं, अर्जुनबहादुर भुजेल र रामकृष्ण भुजेल पनि कांग्रेस प्रवेश गरेको उपसभापति हुमागाईंले जानकारी दिए ।
उनीहरूलाई कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीमा स्वागत गरेका हुन् ।