
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले आसन्न स्थानीय तह निर्वाचनका लागि आउँदो वैशाख ९ गते चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ । उक्त घोषणापत्रमा पार्टी केन्द्रीय कमिटीका तर्फबाट वर्तमान राजनीतिक परिस्थिति, पार्टीका मुख्य नीतिहरू समावेश गरिने भएको छ ।
काठमाडौंमा जारी पार्टी केन्द्रीय कमिटीको तेस्रो बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी स्थापना दिवसको अवसर पारेर घोषणापत्र सार्वजनिक गर्ने जानकारी दिए ।
स्थानीय तहले केन्द्रीय नीतिको मार्गदर्शन र केन्द्रले तयार गरेको ढाँचामाथि आधारित रहेर उपलब्धि, पार्टी पराजित भएका ठाउँमा विगतमा पार्टीले गरेका प्रतिबद्धता र विपक्षीले विजय हासिल गरेका कारण समेटेर प्रतिबद्धतापत्र तयार गर्नुपर्ने भएको छ ।
सो प्रतिवेदन पनि वैशाख ९ गते सार्वजनिक गर्ने ओलीको राजनीतिक प्रतिवेदनमा उल्लेख छ ।
पूर्णपाठ पढ्नोस्–