site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
ओलीको प्रतिवेदन : एमालेलाई ‘धुलोपिठो’ पार्ने दाउमा सरकार छ 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनादेशलाई निषेध गर्दै बनेको सरकार र वर्तमान गठबन्धनका नेताहरु उल्टो बाटोमा हिँडिरहेको बताएका छन् ।

केन्द्रीय कमिटी बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनमा ओलीको यस्तो टिप्पणी छ ।

उनले भनेका छन्, “मुलुकलाई सहमति र समझदारीतिर होइन, द्वन्द्व र ध्रुवीकरणतिर धकेलिरहेका छन् । प्रतिपक्षलाई समाप्त पार्ने, धुलोपिठो पार्ने, बदला लिने जस्ता सत्तारुढ नेताहरुका अलोकतान्त्रिक अभिव्यक्तिले उनीहरुमा न्यूनतम लोकतान्त्रिक आचरण समेत नभएको स्पष्ट पारेको छ र उनीहरु सामाजिक फासीवादतिर अग्रसर हुँदै गरेको संकेत गरेको छ । सत्ताले प्रतिपक्षका विरुद्ध गठबन्धन गर्ने, धम्कीको भाषा प्रयोग गर्ने र हिंसालाई दुरुत्साहन गर्ने कुरा लोकतन्त्रमा अपेक्षा गरिँदैन ।”
 

प्रकाशित मिति: बुधबार, चैत ९, २०७८  १४:४६
प्रतिक्रिया दिनुहोस्