राजनीति

काठमाडौं । नेकपा (एमाले)का सुदूरपश्चिम प्रदेश अध्यक्ष दामोदर भण्डारीले आउँदो वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा एमालेले अरू पार्टीसित तालमेल गर्न नहुनेमा जोड दिएका छन् ।
काठमाडौंमा जारी पार्टीको केन्द्रीय कमिटीको तेस्रो बैठकमा प्रदेशको रिपोर्टिङ गर्दै उनले ८८ स्थानीय तह रहेको प्रदेशमा एमाले एक्लै भिडे ३८ स्थानमा जित हासिल गर्न सकिने बताए ।
उनले गठबन्धन गरेर गए पार्टी २३ स्थानमा खुम्चनुपर्ने पनि बताए ।
प्रकाशित मिति: बुधबार, चैत ९, २०७८ १४:३३
प्रतिक्रिया दिनुहोस्