site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एमालेको प्रक्षेपण : लुम्बिनीमा एक्लै लडे ६५, तालमेल गरे ४१ 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । लुम्बिनी प्रदेशमा नेकपा (एमाले)ले आसन्न स्थानीय तह निर्वाचनमा गठबन्धन गर्न नहुने प्रक्षेपण गरिएको छ ।

पार्टीको काठमाडौंमा जारी केन्द्रीय कमिटीको तेस्रो बैठकमा प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले रिपोर्टिङ गर्दै निर्वाचनमा अरू पार्टीसित तालमेल गर्न उपयुक्त नहुने बताए । कँडेलका अनुसार गठबन्धन गरे पार्टीलाई प्रदेशमा २४ सिट घाटा हुनेछ ।

उनका अनुसार १०९ स्थानीय तह भएको लुम्बिनीमा एमाले एक्लै लडे ६५ स्थानीय तहमा जित हासिल गर्न समस्या छैन । तर, गठबन्धन गरेर गएमा ४१ सिट मात्र जित्न सकिने अवस्था छ ।

प्रकाशित मिति: बुधबार, चैत ९, २०७८  १३:५९
प्रतिक्रिया दिनुहोस्