site stats
बाह्रखरी :: Baahrakhari
देश
बालबालिकामा हुने निमोनियाबारे थाहा पाइराखौँ यी कुराहरू 

काठमाडौं । निमोनिया श्वासप्रश्वासम्बन्धी संक्रमण हो, जसले मानिसको फोक्सोमा असर गर्दछ । बालबालिकालाई नाक र घाँटीमा हुने संक्रमणको जिवाणु फोक्सोसम्म पुगेर निमोनिया गराउँन सक्छ । संक्रमित बालबालिकाबाट खोकी, हाछ्युँ, थुक र सिँगानको माध्यमबाट अन्यमा निमोनिया सर्न सक्छ । 

निमोनिया भएका बालबालिकामा ज्वरो आउने, शरीरमा काँडा उम्रिने, कम्पन आउने, छिटोछिटो सास फेर्नेजस्ता लक्षण देखिन्छन् । त्यस्तै सास फेर्दा असामान्य आवाज आउने, कोखा हान्ने आमाको दूध र अन्य झोल पदार्थ राम्रोसँग चुस्न नसक्ने, धेरै सुतिरहने ब्युँझाउन गाह्रो हुने, नाकबाट सिँगान बगिरहने, खोकी लाग्नेजस्ता पनि बालबालिकामा हुने निमोनियाका लक्षण हुन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

निमोनिया भएका बालबालिकामा झाडापखाला, औलो, कुपोषणजस्ता अन्य समस्या पनि देखिन सक्छन् । यदी बालबालिकामा यस्ता कुनै लक्षण देखिएमा तुरुन्तै चिकित्सकको सल्लाह लिने वा नजिकैको स्वास्थ्य संस्था लैजानु पर्दछ । 

स्रोत : राष्ट्रिय स्वास्थ्य शिक्षा ,सूचना तथा सञ्चार केन्द्र 
 

प्रकाशित मिति: बुधबार, चैत ९, २०७८  ०६:४३
प्रतिक्रिया दिनुहोस्