site stats
बाह्रखरी :: Baahrakhari
विदेश
निकारागुवाका विपक्षी नेतालाई मुद्रा अपचलनमा दोषी ठहर 

मनागुवा । मुद्रा अपचलन अभियोगमा दोषी ठहर भएपछि निकारागुवाका विपक्षी दलका नेता क्रिस्टिना छामोर्राेलाई मंगलबार आठ वर्ष लामो कारावास सजाय सुनाइएको छ ।

तर, छामोर्रोले आफूलाई राजनीतिक पूर्वाग्रह राखेर अभियोग लगाइएको तथा यसको मुख्य उद्देश्य उनलाई आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय चुनावमा भाग लिन नदिनु रहेको बताएकी छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सो चुनाव पाँचौ कार्यकालका लागि प्रतिस्पर्धा गर्न लागेका वर्तमान राष्ट्रपति ड्यानियल ओर्टेगाले नै जित्ने अनुमान गरिएको छ । 

चुनावको मिति नजिकिँदै गर्दा हिरासतमा लिइएकामध्ये उनी सातौँ सम्भावित राष्ट्रपतिय चुनावकी उमेदवार हुन् । ६८ वर्षीया छामोर्रोलाई नजरबन्दी बनाइने अनुमान गरिएको छ । उनलाई ओर्टेगालाई चुनावमा पराजित गर्नसक्ने सबैभन्दा सशक्त नेताको रूपमा हेरिएको थियो ।

उनी निकारगावाको अत्यन्तै प्रभावशाली परिवारहरूमध्येका एक सदस्यमा पर्दछिन् । उनका पिता ला प्रेन्सा नामक चर्चित अखबारका सम्पादक थिए । सो अखबारले निकारागुवामा दशकौँसम्म शासन गर्ने तानाशाही सामोजा परिवारको निरन्तर विरोध गरेको थियो । उनको सन् १९७८ मा हत्या गरिएको थियो ।

उनकी माता भायोलेटा छामोर्रोले सन् १९९० मा चुनाव जितेर ल्याटिन अमेरिकाकै पहिलो महिला राष्ट्रपति बन्न सफल भएकी थिइन् । उनी ओर्टेगाको पहिलो एघार वर्षीय राष्ट्रपतीय कार्यकालमा विश्राम लगाउन सफल भएकी थिइन् । 

बीबीसीबाट ।

प्रकाशित मिति: मंगलबार, चैत ८, २०७८  २२:४२
प्रतिक्रिया दिनुहोस्