site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
टिगोर ईभी बन्यो ‘भ्युअर्स चोइस ईभीअफ द इयर २०२२’

काठमाडौं । टाटा मोटर्सको उत्पादन विद्युतीय टिगोर (टिगोर ईभी) ‘भ्युअर्स चोइस ईभीअफ द इयर २०२२’ बाट सम्मानित भएको छ ।

जिपट्रोन प्रविधिमा आधारित विद्युतीय टिगोर गत वर्षको अगस्ट अन्तिममा मात्र भारतीय बजारमा सार्वजनिक भएको थियो । सार्वजनिक भएको छोटो समयमै यसले राम्रो बजार पाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

गाडीको बाहिरी, आन्तरिक र सुरक्षा विशेषताहरूका कारण विद्युतीय टिगोर ग्राहकमाझ लोकप्रिय बनेको कम्पनीले जनाएको छ ।

विद्युतीय टिगोरले ग्लोबल एनक्याप सुरक्षा रेटिङमा चार स्टार रेटिङ पाएको छ । वयस्क सुरक्षाको हिसाबमा गाडीले १६ अंकमध्ये १२ अंक पाएको छ भने बालबालिकाको सुरक्षा हिसाबमा गाडीले ४९ अंकमध्ये ३७.२४ पाएको कम्पनीले जनाएको छ ।

जिपट्रोन प्रविधिमा आधारित विद्युतीय टिगोर २६ किलोवाटको लिक्विड–कुल्ड र उच्च ऊर्जा घनत्व ब्याट्री प्याकबाट सञ्चालित छ । गाडीमा जडित विद्युतीय मोटरले ७४ बिएचपीपावर र १७० एनएम टर्क जेनेरेट गर्ने जनाइएको छ ।

भारतीय बजारमा विद्युतीय टिगोरको मूल्य १२ लाख २४ हजार रुपैयाँदेखि १३ लाख ३९ हजार रुपैयाँ तोकिएको छ । टिगोर ईभीएक्सई, एक्सएम र एक्सजेड प्लस गरी तीनवटा ट्रिममा उपलब्ध रहेको जनाइएको छ । 

प्रकाशित मिति: मंगलबार, चैत ८, २०७८  २१:०४
प्रतिक्रिया दिनुहोस्