site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
लगानी बोर्ड र यूएनडीपीबीच समझदारीपत्रमा हस्ताक्षर
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । साझा हितका क्षेत्रमा सहकार्य गर्ने उद्देश्यसहित लगानी बोर्ड नेपाल र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी)बीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र यूएनडीपीका तर्फबाट आइसानी मेदागान्गोदा लाबेले हस्ताक्षर गरे ।

समझदारीमा संस्थागत क्षमता अभिवृद्धि गर्ने, सार्वजनिक निजी साझेदारी र निजी लगानी प्रवर्द्धनमा सहकार्य गर्ने भनिएको छ ।

नेपालमा सार्वजनिक–निजी साझेदारी, निजी क्षेत्रको लगानी र समिश्रित वित्तका माध्यमबाट लगानी प्रवर्द्धन गर्दै वित्तीय न्यूनता पूर्ति गरी दिगो विकास लक्ष्य हासिल गर्न सहकार्य भएको जनाइएको छ । 

प्रकाशित मिति: मंगलबार, चैत ८, २०७८  १७:५७
प्रतिक्रिया दिनुहोस्