site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
जलविद्युतमा साना लगानी र पर्यटक आकर्षित गर्न नवनियुक्त राजदूत शर्मालाई चेम्बरको आग्रह

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले पर्यटन आर्कषण र लगानीमार्फत भारतसँगको व्यापार घाटा न्यूनीकरण गर्न नवनियुक्त राजदूत शंकर शर्मालाई सुझाव दिएको छ । भारतका लागि नवनियुक्त राजदूत शर्मासँग जमलस्थित चेम्बर भवनमा मंगलबार भएको भेटवार्तामा चेम्बरले जलविद्युत क्षेत्रमा भारतीय निजी क्षेत्रको लगानी भित्र्याउनका लागि पहल गर्न आग्रह गरेको हो ।

चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले भारतसँगको बढ्दो व्यापार घाटा न्यूनीकरणका लागि जलविद्युत तथा सेवा क्षेत्रमा भारतीय लगानी आर्कषित गर्नुपर्नेमा जोड दिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“समग्र आयातको ६५ प्रतिशत हिस्सा भारतले ओगटेको छ । निर्यातको हिस्सा पनि सवैभन्दा धेरै भारतसँगै  ७५ प्रतिशत छ । चालु आर्थिक वर्षको ८ महिनामै भारतसँग व्यापारघाटा ६ खर्व ७९ अर्व रुपैयाँ पुगिसकेको छ । व्यापारघाटा कम गर्ने एक मात्रै विकल्प भारतीय लगानी मार्फत उत्पादन वृद्धि र पर्यटन आवगमन बढाउनु हो,” उनले भने ।

सबै भन्दा नजिकको छिमेकी भारतमा रहेका १ अर्व ३८ करोड जनसंख्याको शून्य दशमलव २५ प्रतिशत जनसंख्यालाई मात्रै पनि नेपालको भ्रमणमा ल्याउन सकिने हो भने नेपालले धरै फाइदा लिन सक्ने अध्यक्ष मल्लको भनाइ छ । मध्यम र उच्च आय भएका भारतीय नागरिकलाई नेपालमा आर्कषितगर्न सके धरै फाइदा लिन सकिने उनले बताए ।

उनले निर्यात सहजिकरण गरिदिन पनि आग्रह गरे । उच्चस्तरीय क्वारेन्टिन ल्याब भन्सारमा नहुँदा भारतबाट आयता निर्यात हुने वस्तुहरूको गुणस्तर मापन हुन नसकेको बताए ।

राजदूत शर्माले व्यापार घाटा न्यूनीकरण र निर्यात सहजीकरण आफ्नो प्राथमिकतामा रहेको बताए ।

उनले क्वारेन्टिन ल्याब स्थापनका लागि पहल गर्ने प्रतिवद्धता समेत जनाए । नेपाल भारत निजी क्षेत्रबीच सहकार्य गराएर लगानी भित्र्याउनका लागि आफूले पहल गर्ने उनले बताए । 

प्रकाशित मिति: मंगलबार, चैत ८, २०७८  १७:०९
प्रतिक्रिया दिनुहोस्