site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
महासंघद्वारा निजी क्षेत्रका समस्या समाधानमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका सदस्य वस्तुगत संघका पदाधिकारीहरूले आफ्ना क्षेत्रका समस्या समाधानमा सहयोग गर्न महासंघसमक्ष आग्रह गरेका छन् । महासंघको वस्तुुगत परिषद्द्वारा नवनिर्वाचित अध्यक्ष एवं पदाधिकारीहरूको सम्मानमा आयोजना गरिएको बधाई एवं शुभकामना आदान प्रदान कार्यक्रममा सहभागी संघका अध्यक्षहरूले सो आग्रह गरेका हुन् ।

हालै निर्वाचन सम्पन्न भएका महासंघका वस्तुगत सदस्य संघहरु नेपाल निर्यात परिषद्, नेपाल निर्माण व्यवसायी महासंघ, नेपाल वोटल वाटर उद्योग संघ, नेपाल मुद्रा विप्रेषक संघ, रेस्टुरेन्ट एन्ड वार एसोसिएसन, नेपाल र नेपाल पशुपंक्षी औषधि व्यवसायी संघका अध्यक्ष एवं पदाधिकारीहरूलाई एक कार्यक्रमका बीच स्वागत एवं बधाई दिइएको थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

निर्यात परिषद्का अध्यक्ष रेशमबहादुर पोखरेलले वस्तु विकास गरौँ र निर्यात बढाऔँ भन्ने कुरालाई एक अभियानका रूपमा अगाडि लैजान एक्लै नसकिने हुँदा यसमा महासंघको बलियो साथ आफ्नो संस्थाले खोजेको बताए ।

निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले आफ्ना हक, हितको संरक्षण एवं समस्याहरूको समाधान गर्न एक्लो प्रयासले मात्र सम्भव नहुने भएकोले महासंघको साथ एवं सहयोग जरुरी भएको बताए ।

नेपाल विप्रेषक संघका अध्यक्ष चन्द्र टन्डनले विप्रेषण भित्र्याउन निजी क्षेत्रको ठूला भूमिका रहेकाले यसलाई सबल बनाउनेतर्फ पनि ध्यान दिनुपर्ने सुुझाव राखे ।

रेस्टुरेन्ट एन्ड वार एसोसिएसनका अध्यक्ष अरनिको राजभण्डारीले दैनिक १०/१२ करोडको कारोबार हुने रेस्टुरेन्ट एन्ड बार व्यवसायलाई सरकारले उद्योगको मान्यता नदिएकोमा दुखेसो गरे ।

वस्तुगत परिषद्का सभापति एवं उपाध्यक्ष अन्जन श्रेष्ठले सदस्य संघहरूलाई महासंघले सदैव सहयोग गर्ने प्रतिबद्धता जनाए ।

प्रकाशित मिति: मंगलबार, चैत ८, २०७८  १६:५१
प्रतिक्रिया दिनुहोस्