site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
कर्णाली प्रदेशका विद्यालय, वृद्धाश्रम र  अस्पतालमा सिटिजन्स बैंकको आर्थिक सहयोग

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले १५औँ वार्षिकोत्सवको अवसर पारेर कर्णाली प्रदेशका विभिन्न जिल्लाका विद्यालय, वृद्धाश्रम केन्द्र तथा अस्पताललाई आर्थिक सहयोग गरेको छ । संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत बैंककले नौ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको जनाएको छ ।

बैंकले आउँदो वैशाख ७ गते १५औँ वार्षिकोत्सव मनाउने जनाएको छ । यसअन्तर्गत बैंकले जाजरकोटको हरिशिव प्राथमिक विद्यालय तथा कालिका प्राथमिक विद्यालय, हुम्लाको बालमन्दिर माध्यमिक विद्यालय तथा मानसरोवर माध्यमिक विद्यालय, डोल्पाको बालमन्दिर आधारभूत विद्यालय, गौरी आधारभूत विद्यालय तथा आदर्श माध्यमिक विद्यालय, मुगुको महाकाली मोडल हाइस्कुल तथा नेपाल राष्ट्रिय आधारभूत स्कुल बालमन्दिर प्रत्येकलाई ५०/५० हजार नगद सहयोग गरेको जनाएको छ । यस्तै, जुम्लाको जनता माध्यमिक विद्यालय (प्राविधिक धार)लाई एक लाख रुपैयाँ सहयोग गरेको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

हुम्लाको लालीगुराँस मावि, कोट मावि तथा हिमज्योति माविलाई ३३ हजार ३३३ सहयोग गरेको जनाएको छ ।

बैंकले हुम्लाको हिमालयन चिल्ड्रेन सोसाइटी, कैलाश मानसरोवर चिल्ड्रेन अफ हुम्ला तथा सुर्खेतको साझा घर प्रत्येकलाई ५० हजार रुपैयाँ दरले नगद हस्तान्तरण गरेको जनाएको छ ।

जिल्ला अस्पताल डोल्पा र सुर्खेतको प्रशान्ति वृद्धाश्रम केन्द्रलाई पनि ५० हजारका दरले नगद हस्तान्तरण गरेको बैंकले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, चैत ८, २०७८  १३:३५
प्रतिक्रिया दिनुहोस्