site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
एनआरएनएमा रमिता !

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) मा विवाद चर्कंदै गएर विघटनको संघारमा पुगेपछि एक कार्यकालका लागि तीन अध्यक्ष राख्ने सहमति भएको छ । आउँदो कार्यकालका लागि अध्यक्षका तीन प्रत्यासीहरू डा. बद्री केसी, कुल आचार्य र रबिना थापाबीच यस्तो सहमति भएको हो ।

तीन प्रत्यासीबीच एक कार्यकालका लागि समान अधिकारसहित अध्यक्ष बन्ने सहमति भएको केसीले बताए । “हामी तीनजना जो अध्यक्षका प्रत्यासी छौँ, । हामी तीनैजना आगामी एक कार्यकालका लागि मात्रै समान अधिकारसहित अध्यक्ष बन्ने सहमति भएको छ,” उनले भने ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

आचार्यले भने अध्यक्षका तीन प्रत्यासीबीच सहमतिमा सम्मेलन गर्ने र अध्यक्ष कतिजना हुने भन्ने विषय महाअधिवेशनले नै निर्धारण गर्ने सहमति भएको बताए । “अहिले हामी तीनजना अध्यक्षका प्रत्यासीबीच सहमति भएको हो । कतिजना अध्यक्ष बनाउने भनेर महाधिवेशनको हलले नै निर्धारण गर्छ,” उनले बाह्रखरीसँग भने ।

यता, संघका पूर्वअध्यक्ष शेष घले टिमले भने मंगलबार बिहान छुट्टै सम्मेलनको आयोजना गरेको छ । अध्यक्षका प्रत्यासी आचार्यसहितलाई समेटेर सम्मेलन घोषणा गरेका घलेले यसअघि तोकिएअनुसार नै सम्मेलन गरेका हुन् । सम्मेलनको अर्थमन्त्री जनार्दन शर्माले उद्घाटन गरे ।

नेपालका राजनीतिक दलको भूमिका र त्यसले सिर्जना गरेका अस्थिरताका कारण देश विकास हुन नसकेको बताउँदै आएका एनआरएनए अभियन्ता फुट र जुटबाट जुँगाको लडाइँमा तीन अध्यक्ष हुने दलहरूकै बाटोमा पुगेका छन् ।

सम्मेलनमा अर्थमन्त्री शर्माले एनआरएनएको राजनीति गलत बाटोतर्फ अघि बढेको भन्दै एक भएर देशका लागि पनि योगदान गर्न सुझाव दिए ।

प्रकाशित मिति: मंगलबार, चैत ८, २०७८  १३:०९
प्रतिक्रिया दिनुहोस्