राजनीति

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता घनश्याम भुसालले कम्युनिस्ट एकता हुनुपर्नेमा जोड दिएका छन् ।
मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले कम्युनिस्ट एकता भए मात्र लोकतन्त्र सुदृढ हुने बताए । पछिल्लो समय कम्युनिस्ट दुई खेमामा बाँडिएको भन्दै जनतामा कम्युनिस्ट खराब भन्ने सन्देश जाने भय देखिएको पनि बताए ।
“माधव, प्रचण्डको आँखाबाट हेर्दा ओली कम्युनिस्ट आन्दोलनको खतरा तत्व हुन्, ओलीको आँखाबाट माधव, प्रचण्ड खतराको तत्व हुन् भन्ने लाग्छ । बाहिरबाट हेर्दा दुवै खतरा हुन् भन्ने लाग्छ,” उनले भने, “एउटा कम्युनिस्ट अर्को कम्युनिस्टलाई खराब देख्छ । मुलुकमा दुवै पक्ष खतरा हुन् भन्ने म्यासेज जान्छ भन्ने डर छ ।”
प्रकाशित मिति: मंगलबार, चैत ८, २०७८ १२:५९
प्रतिक्रिया दिनुहोस्