site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनको मूल्य तोलाको पुनः एक लाख नाघ्यो
फाइल तस्बिर ।

काठमाडौं । सुनको मूल्य तोलाको पुनः एक लाख रुपैयाँ नाघेको छ । सोमबार छापावाला सुन तोलाको ९९ हजार ५०० रुपैयाँमा कारोबार भएकोमा आज तोलामा ८०० रुपैयाँले वृद्धि भएर एक लाख ३०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, तेजाबी सुनको मुल्य पनि तोलममा ८०० रुपैयाँले बढेर ९९ हजार ८०० रुपैयाँ पुगेको छ । तेजाबी सुन सोमबार तोलाको ९९ हजारमा कारोबार भएको थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सोमबार स्थिर रहेको चाँदीको मूल्य पनि मंगलबार बढेको छ । सोमबार तोलाको एक हजार ३७५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार तोलामा २० रुपैयाँले बढेर एक हजार ३९२ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

गएको फागुन २५ गते तोलाको एक लाख पाँच हजार ५०० रुपैयाँसम्म पुगेको सुनको मूल्य चैत २ गत एक लाखबाट तल झरेको थियो । एक साता नहुँदै सुनको मूल्य तोलाको पुनः एक लाखमाथि पुगेको हो ।

प्रकाशित मिति: मंगलबार, चैत ८, २०७८  ११:४९
प्रतिक्रिया दिनुहोस्