देश

बैतडी । बैतडीमा गए राति ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुने ट्याक्टर चालक बर्दियाको ठाकुरद्वार नगरपालिका–५ का ३२ वर्षीय अर्जुन थारु छन् ।
बालुवा बोकेर मौराबाट फर्किरहेको सुपप्र ०१००२त ५५९८ नम्बरको ट्याक्टर गए राति साढे ८ बजेतिर दशरथचन्द नगरपालिका–१०, बाराकोटको भाटाला भन्ने ठाउँमा दुर्घटनामा परेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । उनका अनुसार ट्याक्टर सडकमै पल्टेर दुर्घटना हुँदा घाइते भएका थारुको जिल्ला अस्पतालमा राति मृत्यु भएको हो ।
घटनाको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस
प्रकाशित मिति: आइतबार, चैत ६, २०७८ ०९:२६
प्रतिक्रिया दिनुहोस्