site stats
बाह्रखरी :: Baahrakhari
देश
मेयर र उपमेयरबीच विवाद छैन : विद्यासुन्दर शाक्य
फाइल तस्बिर ।

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आफू र उपमेयर हरिप्रभा खड्गीबीच विवाद नरहेको बताएका छन् ।

शुक्रबार मेयर शाक्यले काठमाडौंमा आयोजित एक पत्रकार सम्मेलनमा बाहिर विवाद भनेर प्रस्तुत गरिए पनि आफूहरूबीच भित्री रूपमा विवाद नरहेको दाबी गरेका हुन् । आफूहरूले सामूहिक रूपमा काम गरिरहेको उनको भनाइ छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

केहीदिन अघि उपमेयर खड्गीले महानगरले वसन्तपुर डबलीमा बनाएको कङ्क्रिट संरचना भत्काएकी थिइन् । त्यसपछि मेयर शाक्य र उपमेयर खड्गीबीच विवाद रहेको भनेर चर्चा गरिएको थियो ।

तर, मेयर शाक्यले भने आफूहरूबीच कुनै विवाद नरहेको बताएका हुन् ।

प्रकाशित मिति: शुक्रबार, चैत ४, २०७८  १५:३५
प्रतिक्रिया दिनुहोस्