site stats
बाह्रखरी :: Baahrakhari
देश
थपिए ५१ संक्रमित, ३९२ निको
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५१ जना कोभिड–१९ संक्रमित थपिएका छन् । पाँच हजार ९१४ वटा स्वाब नमुनामा परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

यो अवधिमा देशभर ३९२ जना संक्रमणमुक्त भएका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या तीन हजार ९९६ छ ।

पछिल्लो २४ घण्टामा देशभर कोरोनाका कारण कसैको पनि मृत्यु पुष्टि नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रलयले शुक्रबार जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत ४, २०७८  १५:१९
प्रतिक्रिया दिनुहोस्