site stats
बाह्रखरी :: Baahrakhari
देश
राष्ट्रिय आविस्कार केन्द्रको सिफारिसमा नौजनालाई इन्जिनियरिङमा छात्रवृत्ति 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । राष्ट्रिय आविश्कार केन्द्रको सिफारिसमा इन्जियिरिङ पढ्न चाहने नौजना विद्यार्थीले छात्रवृत्तिमा पढन पाउने भएका छन् । राष्ट्रिय आविस्कार केन्द्रका संस्थापक महाविर पुनले सामाजिक संजालमार्फत यसको जानकारी दिएका छन् । 

कम्प्युटर इन्जिनियरिङमा चार र सिभिल इन्जिनियरिङमा पाँचजनालाई ५० प्रतिशत छात्रवृत्तिमा पढाउने घोषणा उनले सामाजिक संजालमार्फत गरेका छन् । आविस्कार केन्द्रले सिफारिस गरेका जौजनालाई ललितपुरको कुपण्डोलमा रहेको जनकपुर इन्जिनियरिङ कलेजले ५० प्रतिशत शुल्क लिएर पढाउने छ ।
 
“त्रिभूवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त जनकपुर इन्जिनियरिङ कलेज, कुपण्डोलमा इन्जिनियरिङ अध्ययन गर्न चाहने गरिब तथा जेहेन्दार विद्यार्थीलाई ५० प्रतिशत छात्रवृत्ति प्रदान गर्ने भएको छ,” पुनले लेखेका छन्, “त्यसैले इच्छुक र योग्य उमेदवारहरुले कलेजमा सम्पर्क राख्न्होला ।”

प्रकाशित मिति: शुक्रबार, चैत ४, २०७८  १३:५८
प्रतिक्रिया दिनुहोस्