राजनीति

काठमाडौं । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले पार्टीमा मिलेर जाने बताएका छन् ।
यसअघि, अमेरिकी सहयोग परियोजना (एमसीसी)विरुद्ध खरो रूपमा उत्रिएका खनालले बुधबारदेखि सुरु भएको पार्टीको तेस्रो केन्द्रीय कमिटीको बैठकमा चुनाव आइसकेकाले अब मिलेर जाने र यस विषयमा चुनावपछि मात्रै बहस चलाउने बताएका हुन् ।
नेपालको हितभन्दा अमेरिकाको हितलाई बढी प्राथमिकतामा राखेर एमसीसी सम्झौता गरिएको उनको भनाइ छ ।
खनालभन्दा अघि बोलेका अध्यक्ष माधवकुमार नेपालले एमसीसीबारे खरो टिप्पणी नगर्न र त्यसबारे लेखिएका स्टाटस मेटाउन निर्देशन दिएका थिए ।
यही फागुन १५ गते प्रतिनिधिसभाबाट एमसीसी सम्झौता अनुमोदन भएको थियो ।
प्रकाशित मिति: बुधबार, फागुन २५, २०७८ १३:३५
प्रतिक्रिया दिनुहोस्