देश

काठमाडौं । बझाङको बुंगल नगरपालिका–३, जुगेपानीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । एकजना गम्भीर घाइते छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका स्थानीय ३८ वर्षीय जयबहादुर बोहराको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । घाइते भएका ट्याक्टरमा सवार सोही स्थानका ४० वर्षीय हर्कबहादुर बोहरालाई उपचारका लागि धनगढी लगिएको जनाइएको छ ।
शनिबार साँझ करिब ६ बजे बिजगाडाबाट रमलेकतर्फ जाँदै गरेको से१त १४४१ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट अन्दाजी २० मिटर तल खसेको अस्थायी प्रहरी पोस्ट बिजगाडाले जानकारी दिएको छ ।
प्रकाशित मिति: आइतबार, फागुन १५, २०७८ ०९:४३
प्रतिक्रिया दिनुहोस्