site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी गल्फ
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
एनसेल बाह्रखरी गल्फ धरानमा सुरु, प्रधानसेनापतिबाट उद्घाटन
Ghorahi CementGhorahi Cement

धरान । पाँचौँ एनसेल बाह्रखरी गल्फ प्रतियोगिता सुरु भएको छ । धरानस्थित धरान गल्फ कोर्समा नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले शुक्रबार बिहान आमन्त्रण गल्फ प्रतियोगिताको उद्घाटन गरे ।

गल्फको उद्घाटन गर्दै प्रधानसेनापति शर्माले गल्फसँगै युवा उद्यमी र आर्थिक सम्मेलनको आयोजना गरेकोमा खुसी व्यक्त गरे । यसले खेलसँगै अर्थतन्त्रको विकासमा सहयोग पुर्‍याउने उनको अपेक्षा छ । खेलकुदले शारीरिक, मानसिक र मनोवैज्ञानिक पक्षमा सकारात्मक प्रभाव गर्ने भन्दै उनले गल्फ खेललाई धनी व्यक्तिहरूले मात्रै खेल्ने खेलको रुपमा नबुझ्न आग्रह गरे ।

Agni Group

“गल्फ धनी व्यक्तिहरूले मात्रै खेल्ने खेल हो भन्ने पुरानो सोचबाट बाहिर आउनुपर्छ । गल्फले खेलाडीबीच धेरै नजिकको सामीप्यता ल्याउँछ,” उनले भने ।  

गल्फजस्ता खेलकुदले अनुशासित र जिम्मेवार व्यक्तित्तव बनाउन निकै सहयोग पुर्‍याउने भन्दै प्रधानसेनापति शर्माले यसले आर्थिक अवस्थासँगै सामाजिक सद्भाव ल्याएर नेपालीबीच एकता ल्याउने बताए ।

Global Ime bank

“यसले देशको उन्नतितर्फ लैजान सक्षम हुनेछौँ । अर्थतन्त्र राम्रो हुन्छ भने विकासका काम पनि हुन्छन् । खेलकुद र अर्थतन्त्रलाई सँगसँगै अगाडि लगेकोमा आयोजकलाई धेरै धन्यवाद,” उनले भने ।  

युवा उद्यमीहरूमा भएको उत्साहप्रति खुसी लागेको भन्दै उनले यस्ता प्रतियोगिताले गल्फको विकासका लागि सहयोग पुर्‍याउने बताए । 

उद्घाटन कार्यक्रममा धरान उपमहानगरपालिकाका मेयर तिलक राईले धरानमा आमन्त्रित गल्फ प्रतियोगितासँगै समग्र प्रदेशको समृद्धिको मार्गचित्रका लागि युवा उद्यमशिलता कन्क्लेभ र आर्थिक सम्मेलनको आयोजनाले धरानमा बाह्य लगानी भित्र्याउन सहयोग पुग्ने बताए । धरान ऐतिहासिक र महत्त्वपूर्ण सहर भए पनि निजी क्षेत्रको लगानी खासै आउन नसकेको उनले बताए । 

“आफ्नै मौलिकता र संस्कृतिमा अगाडि बढिरहेको सहर हो धरान । यस क्षेत्रमा बाह्य क्षेत्रको खासै लगानी छैन । धरानमा पर्यटन, शिक्षा र अन्य क्षेत्रमा लगानी गर्न आह्वान गर्छु,” उनले भने ।

खेलकुदमा नेपाली सेनाको महत्त्वपूर्ण र दह्रो उपस्थिति रहेको भन्दै उनले प्रधानसेनापति उपस्थित भएर खेल क्षेत्रलाई प्रोत्साहन गरेको भन्दै धन्यवाद व्यक्त गरे ।

उद्याग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले गल्फलाई समृद्धिसँग जोड्दै यो कार्यक्रमको परिकल्पना गरिएको बताए । उनले खेलसँगै आर्थिक विकासको विषयमा वृहत् छलफल गरिने बताए ।

बाह्रखरी मिडियाका प्रधानसम्पादक एवम् अध्यक्ष प्रतीक प्रधानले नेपाली सेनाले नेपाली खेलकुदलाई प्रोत्साहन गर्दै आइरहेको र सोही कारण प्रधानसेनापतिबाट उद्घाटन गरिएको बताए ।

निजी क्षेत्रको सहकार्यमा आफूहरूले यस्तो कार्यक्रम आयोजना गर्न सफल भइरहेको बताउँदै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरे ।

धरान गल्फ कोर्सका अध्यक्ष वीरेन्द्रविक्रम लिम्बूले पनि कार्यक्रमको सफलताको कामना गरे ।

गल्फ प्रतियोगिता शनिबार समापन हुनेछ भने आजै अपराह्न सुनसरीको इहटरीमा योङ आन्टरप्रिनुअर्स कन्क्लेभ र शनिबार बिहान विराटनगरमा इकोनामिक समिट आयोजना हुँदै छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन १३, २०७८  ०९:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC