देश

काठमाडौं । सप्तरीको डाक्नेश्वरी नगरपालिका–९ मा सोमबार राति ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । चालकसहित दुईजना घाइते छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका ट्याक्टरमा सवार सप्तरीकै छिन्नमस्ता गाउँपालिका–३ का २७ वर्षीय सन्तोष सदाको उपचारका क्रममा राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा गए राति नै मृत्यु भएको जनाइएको छ । घाइतेहरूको सोही अस्पतालमा उपचार भइरहेको छ ।
गए राति साढे ९ बजे स१त ६१०८ नम्बरको रड लोड गरिएको ट्याक्टर अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीचौकी पत्थरगाढाले जानकारी दिएको छ ।
प्रकाशित मिति: मंगलबार, फागुन ३, २०७८ ११:२९
प्रतिक्रिया दिनुहोस्