site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
इमरान खान सरकारविरुद्ध विपक्षीहरूले अविश्वासको प्रस्ताव ल्याउने
तस्बिर : एएफपी ।
Tiktok banner adTiktok banner ad

एजेन्सी । पाकिस्तानका विपक्षी दलहरूले संसद्मा इमरान खान सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने निर्णय गरेका छन् ।

अखबार दुनियाँकाअनुसार विपक्षी दलहरूको समूह पाकिस्तान डेमोक्रेटिक मुभमेन्ट (पीडीएम)ले शुक्रबार यस्तो घोषणा गरेको हो ।

पीडीएमका प्रमुख मौलाना फजलुर्रहमानले विपक्षी दल मुस्लिम लिग (नवाज गुट)का संसदीय दलका नेता शहबाज शरीफको घरमा बैठक बसेको बताए । उनले यो बैठक आकस्मिक रूपमा बोलाइएको भन्दै धेरै दलका नेताहरू भिडियो लिङ्कबाट बैठकमा सहभागी भएको जानकारी दिए ।

पत्रकारसँग कुरा गर्दै मौलानाले अविश्वासको प्रस्ताव ल्याउनुअघि प्रतिपक्षले पर्याप्त संख्या जुटाउने बताए । उनले सरकारमा संलग्न साना दलसँग पनि कुरा गर्ने बताए ।

यस अवसरमा शहबाज शरीफले जनताको चाहनाअनुसार इमरान सरकारलाई जतिसक्दो चाँडो घर पठाउने तयारी गरिरहेको बताए ।

मौलाना फजलुर्रहमानले सरकारमा संलग्न साझेदारहरूलाई इमरान सरकार अब डुब्ने डुंगा भएको बताउँदै त्यसबाट ओर्लिएर जनताको हितमा प्रतिपक्षलाई साथ दिनुपर्ने बताए । यस सम्बन्धमा मौलानाले शनिबार इमरान सरकारमा संलग्न मुस्लिम लिग (काफ)का नेताहरूलाई भेटेर मद्दतका लागि अपिल गरेका थिए ।

पाकिस्तान पिपल्स पार्टीका प्रमुख बिलावल भुट्टोले सरकार विरुद्ध विपक्षी दलहरूले अविश्वासको प्रस्ताव ल्याउने निर्णय लोकतन्त्रको जित भएको बताएका छन् ।

अखबार एक्सप्रेसकाअनुसार पत्रकारहरूसँग कुरा गर्दै बिलावल भुट्टोले भने, “प्रधानमन्त्रीको विश्वास गुमाउनु भएको छ । अब सदनको विश्वास गुमाउने समय आएको छ । पीडीएममा मतभेदको आफ्नो ठाउँ छ तर इमरान खानको बहिर्गमनका लागि सबै सहमत छन् ।”

अविश्वासको प्रस्ताव ल्याउने विपक्षीको निर्णयप्रति प्रतिक्रिया दिँदै इमरान सरकारले विपक्षी दलहरू आफ्नो अस्तित्वका लागि लडिरहेको बताएको छ ।

अखबार एक्सप्रेसकाअनुसार केन्द्रीय सूचना एवं प्रसारण मन्त्री फवाद चौधरीले भोलि नै अविश्वासको प्रस्ताव ल्याउन चुनौती दिएका छन् । फवाद चौधरीले मौलाना फजलुर्रहमान पहिलो दिनदेखि नै सरकारलाई घर पठाउने प्रयासमा रहेको उल्लेख गर्दै पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) सँगसँगै स्वयम् विपक्षी दलले पनि उनीहरूलाई आश्चार्यचकित पार्ने उनको भनाइ छ ।

केन्द्रीय गृहमन्त्री शेख रसिदले भने विपक्षीले अविश्वासको प्रस्ताव पनि नल्याउने र मार्च २३ देखि गर्ने भनिएको ‘लङ मार्च’ पनि नगर्ने दाबी गरेका छन् । 

बीबीसी हिन्दीबाट ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन १, २०७८  १५:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro