site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सगरमाथामा २ हजार वर्ष लगाएर थुप्रिएको हिउँ २५ वर्षमै सबै पग्लियो 

सीएनएन । विश्व शिखर सगरमाथाले दशकौँ लगाएर जम्मा भएको हिउँ जलवायु परिवर्तनका कारण छोटो समयमै पग्लिरहेको नयाँ अध्ययनले देखाएको छ । 

पृथ्वीको सबैभन्दा उच्च भूभागमा यसरी तिव्र रुपमा हिउँ पग्लिनुले वातावरणमा ठूलो संकटको संकेत दिने हुँदा विज्ञहरुले यसबारे चिन्ता जनाएका छन् । यसले पटकपटक हिमपहिरो निम्त्याउन सक्छ भने हिमाली भागमा बस्ने १.६ अर्ब मानिसहरुका लागि पानीको मुहान सुकाउन सक्छ । 

यसमा दक्षिण कोल हिमनदी सिर्जना हुन झन्डै २ हजार वर्षसम्मको ‘आइस’ २५ वर्षमै पूरै पग्लिसकेको छ । यसको अर्थ हिउँ र बरफहरु निर्माण हुन जति समय लागेका थिए त्यो भन्दा ८० प्रतिशत तिव्र रुपमा पातलो भइरहेका छन् । 

हिमनदीबारे विश्वव्यापी रुपमा थुप्रै रिसर्चहरु भइसकेता पनि सगरमाथा लगायत उँचा ठाउँहरुमा ध्यान दिइएको थिएन । त्यसैले यो अध्ययनका लागि ६ जनाको वैज्ञानिक टोली हिमनदीमै पुगेर दश मिटर लामो बरफबाट स्याम्पल लिएर आएका हुन् । यसमा उनले सबैभन्दा उच्च स्थानमा मौसम सम्बन्धी जानकारी राख्ने स्टेसन पनि इन्स्टल गरेका छन् । 

यो स्टेसन यस किसिमको पहिलो हो जसलाई ‘डेथ जोन’ अर्थात् मृत्यु जोन पनि भनिन्छ । किनकी त्यहाँसम्म पुग्नै एकदम खतरनाक रहेको छ जहाँ कुनैपनि प्राणीले लामो समयसम्म जिवित रहन पर्याप्त अक्सिजन पाउँदैनन् । 

अध्ययनको निष्कर्षमा उनीहरुले १९९० को अन्त्यतिरदेखि नै हिमदीहरुमा जलवायु परिवर्तनको तिव्र प्रभाव पर्न सुरु भएको बताएका छन् । सुरुवातमा हिमनदीले सूर्यको किरणलाई रिफ्लेक्ट गर्न नसक्ने र छि पग्लिने क्रम तिव्र रुपमा जारी रहने बताइएको छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ २३, २०७८  ०९:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro