site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ट्याक्टर दुर्घटनामा पतिको मृत्यु, पत्नी घाइते
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–७, औलमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । एकजना गम्भीर घाइते भएकी छन् ।

स्थानीय २५ वर्षीय करन नेपालीको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा घाइते भएकी ट्याक्टरमा सवार उनकी श्रीमती २० वर्षीया सपना विश्वकर्माको नगर अस्पताल राडीमा उपचार भइरहेको छ ।

राडी बजारबाट औलतर्फ जाँदै गरेको रा१त ४४१२ नम्बरको ट्याक्टर गए राति करिब १ बजे अनियन्त्रित भई सडकमा पल्टिएको इलाका प्रहरी कार्यालय आठबिसकोटले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर १७, २०७८  ०९:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro